Member Relief Service
सदस्य राहत कोष कार्यविधी–२०७७
प्रस्तावना :
युगवाणी वचत तथा ऋण सहकारी संस्थाका सदस्य तथा सदस्यका परिवारलाई पर्न सक्ने सामाजिक तथा स्वास्थ सम्वन्धी समस्याबाट केही आर्थिक राहत होस् भन्ने अभिप्रायलाई ध्यानमा राखी सदस्य राहत कोष कार्यविधी २०७७ तयार गरि लागू गरिएको छ ।
१) संक्षिप्त नाम
क) यस कार्यविधी को नाम युगवाणी सदस्य राहत कोष कार्यविधी २०७७ रहनेछ ।
ख) यो कार्यविधी साधारण सभाले अनुमोदन गरे पछि लागू हुनेछ ।
२) परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नीतिमा
“ऐन” भन्नाले सहकारी ऐन २०७४ सम्झनु पर्दछ ।
“नियमावली” भन्नाले सहकारी नियमावली २०७५ सम्झनु पर्दछ ।
“बिनियम” भन्नाले सहकारी बिनियम २०६६ सम्झनु पर्दछ ।
“संस्था” भन्नाले युगवाणी वचत तथा ऋण सहकारी संस्था लि सम्झनु पर्दछ ।
“कोष” भन्नाले सदस्य राहत कोष २०७७ सम्झनु पर्दछ ।
“सदस्य”भन्नाले युगवाणी वचत तथा ऋण सहकारी संस्थाका सदस्य सम्झनु पर्दछ ।
“ परिवारका सदस्य भन्नाले”भन्नाले सदस्यको बाबु, आमा, छोरा, छोरी,श्रीमान्, श्रीमती, विवाहित नारीको हकमा : सासु, ससुरा मात्र सम्झनु पर्दछ ।
“ घातक रोग ” भन्नाले क्यान्सर, मृगौलाफेल, पक्षघात, मष्तिष्कघात, हृदयघात सम्झनु पर्दछ
“ अंगभंग ” भन्नाले दुवै आखा गुमेको,हात वा खुटटा काटिएको सम्झनु पर्दछ
३) उदेश्य
संस्थाका सदस्य तथा निजका परिवारलाई सामाजिक तथा स्वास्थ समस्याहरुमा आर्थिक राहत दिनु कोषको मुख्य उदेश्य हुनेछ ।
४) कोषको व्यवस्था
४.१) वार्षिक साधारण सभा पश्चात् प्रत्येक सदस्यको नियमित वचत खाताबाट कट्टागरि प्राप्त हुने रु २००।(अक्षरुपी दुई सय मात्र)
४.२) प्रत्येक आर्थिक बर्षको नाफा बाट छुटयाएको रकम
४.३) संस्थाबाट बेलाबेलामा उपलब्ध गराइने रकम
४.४) सदस्य राहत कोष प्रयोजनका लागि अन्य कहींबाट प्राप्त रकम
५) कोषबाट प्रदान गरिने सुविधा
५.१) काजकिरिया अनुदान :
५.१.१) संस्थामा सदस्यको मृत्यु भएमा काजकिरिया अनुदान स्वरुप रु १५०००।– उपलब्ध गराईने छ।
५.१.२.) संस्थाको सदस्यको परिवारका सदस्यको मृत्यु भएमा काजकिरिया अनुदान स्वरुप रु ५०००।– उपलब्ध गराईने छ ।
५.२) मातृशिशु अनुदान :
संस्थाका महिला सदस्यलाई सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत अस्पताल भर्ना भई प्रजनन गरेमा रु १०,०००।– मातृशिशु अनुदान स्वरुप उपलब्ध गराईने छ ।
५.३) एम्बुलेन्स तथा शव वाहन सेवा :
५.३.१.संस्थाका सदस्यहरुले वर्षको २ पटक सम्म एम्बुलेन्स प्रयोग गरेमा प्रत्येक पटक रु. १००० ।– सम्म एम्वुलेन्सको सक्कल बिल बमोजिम अनुदान उपलब्ध गराइने छ ।
५.३.२.संस्थाका सदस्य तथा सदस्यका परिवारले शव वाहन प्रयोग गरेमा शव वाहनको सक्कल विल बमोजिम अनुदान रकम उपलब्ध गराइनेछ । (काठमाण्डौ उपत्यका भित्र मात्र)
५.४) दुर्घटना क्षती सहयोग :
क.सदस्यहरुको दुर्घटना भइ मृत्यु भएमा सदस्यले आफुले संस्थामा लिएको शेयरको ४गुणा वा रु २०००००। मा जुन कम हुन्छ सो बरावर रकम दुर्घटना क्षती सहयोग स्वरुप उपलब्ध गराइने छ ।
ख. दुर्घटना भन्नाले आगलागी,चट्याङ ,बाढी , पहिरो, सडक दुर्घटना, करेन्ट , बिस्फोट,हत्या, सर्प वा अन्य जीवको टोकाई मात्र बुझाउने छ ।
५.५) आपतकालीन सापटी :
आपतकालीन अवस्थाको लागि रु. २०,०००।– सम्म बिना ब्याज १ महिनाको लागि सापटी प्रदान गर्न सकिने छ । १ महिना पछि शुरु महिना देखि लागू हूने गरि स्वतः सामाजिक ऋणमा परिणत हुुने छ ।
५.६) औषधी उपचार :
संस्थाका सदस्यहरुलाई कम्तिमा एक रात अस्पतालमा भर्ना भई कुनै पनि किसिमको शल्यक्रिया गरेको भएमा शल्यक्रियाको सक्कल बिल बमोजिम अधिकतम रु १००००।– सम्म औषधी उपचार अनुदान उपलब्ध गराइनेछ ।
५.७) घातक रोग तथा अंगभंग राहत सहयोग :
संस्थाका सदस्यहरुलाई कुनै पनि किसिमका घातक रोग वा अंगभंग भएमा १ पटकको लागि मात्र रु १०,०००।(अक्षेरुपी दश हजार मात्र )सम्म घातक रोग तथा अंगभंग राहत सहयोग उपलब्ध गराइनेछ ।
६) माथी उल्लेखित राहत पाउनको लागि तपसिल बमोजिम शर्तहरु पालना गर्नु पर्नेछ
६.१.संस्थामा सदस्यता लिएको १ वर्ष पुरा भएको हुनु पर्नेछ ।
६.२.सदस्य राहत कोष कार्यविधीको को दफा४.१ मा ब्यवस्था भए बमोजिम योगदान भएको हुनु पर्नेछ ।
६.३) माथी उल्लेखित राहत पाउनको लागि अनिवार्य रुपमा नियमित वचतमा सहभागी भएको हुनु पर्नेछ । ६ महिना भन्दा बढी समय नियमित वचत नभएको वा विगत ६ महिना देखि नियमित वचत खातामा न्युनतम रु ५०,०००। जम्मा नभएको अवस्थामा यस कोषबाट कुनै पनि राहत रकम उपलब्ध गराइने छैन ।
६.४.सदस्यता लिएको १ देखि ५ वर्ष सम्म ५० प्रतिशत,५देखि १० वर्ष सम्म ७५ प्रतिशत र १० वर्ष भन्दा बढी भएको अवस्थामा १०० प्रतिशत राहत रकम उपलब्ध गराइने छ ।


