Loan Services

ऋण सेवा:

संस्थाले सदस्यहरुको आय स्तर वृद्धि तथा आवश्यकता पुरा गर्ने उदेश्यले उल्पादनमुलक तथा अनुत्पादकमुलक १४   किसिमका शिर्षकमा ऋण लगानी गरि रहेको छ ।

१.औद्योगिक ऋण

संस्थामा सदस्य रहनुभएका सदस्यहरुले कुनै पनि किसिमका उद्योग संचालन गर्नको लागी प्रदान गरिने ऋणलाइ औद्योगिक ऋण भनिन्छ । यस प्रकारको ऋण प्राप्त गर्नको लागि सम्वन्धित निकायमा दर्ता भएको हुनपर्ने छ । यस कर्जामा ०.५% देखि १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम २४ महिनाको हुनेछ ।

२. व्यापार तथा व्यवसाय ऋण

कुनै पनि सदस्यले आफ्नो रहिआएको अथवा नयाँ संचालन गर्ने व्यापार व्यवसायको लागि प्रदान गरिने ऋण नै व्यापार व्यवसाय ऋण हो । यो ऋण माग गर्दा व्यवसाय सँग सम्वन्धित सम्पूर्ण कागजात पेश गर्नुपर्नेछ । । यस कर्जामा ०.५% देखि १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम २४ महिनाको हुनेछ ।

३. हायर पर्चेज ऋण

व्यवसायिक उद्देश्य राखि सदस्यले आय आर्जन गर्ने गरि सवारी साधन खरिदको लागि प्रदान गरिने ऋण नै हायर पर्चेज ऋण हो ।यस ऋणमा धितोको रुपमा सवारी साधन नै संस्थाको नाममा हनुपर्ने छ साथै पुरक धितोको रुपमा अचल सम्पति समेत माग गर्न सकिने छ । यस कर्जामा १% व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम ६० महिनाको हुनेछ ।

४. घर जग्गा कारोवार ऋण

घर जग्गा खरिद विक्री गर्ने वा निर्माण गरि विक्री गर्ने उद्देश्य राखि कारोवार गर्नको निमित्त प्रदान गरिने ऋण नै घर जग्गा कारोवार ऋण हो । यस कर्जामा ०.५% देखि १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम १२ महिनाको हुनेछ । तर छोटो अवधिको ऋणलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने छ साथै सवै भन्दा माथिल्लो व्याजदर कायम गरिने छ ।

५. कृषि ऋण 

अन्र्तगत रहेका कुनै पनि कार्य गर्नको लागि प्रदान गरिने ऋण नै कृषि ऋण हो । यस कर्जामा ०.५% देखि १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम १२ महिनाको हुनेछ ।

६. शिक्षा ऋण 

स्वंयम् वा सदस्यका सन्ततीहरुको उच्च शिक्षा तथा प्राविधिक शिक्षा लिनका लागि प्रदान गरिने ऋण शिक्षा ऋण हो । अध्ययन गर्ने विषयको आधारमा यस्तो ऋण बढिमा ५वर्षको लागि प्रदान गरिन्छ । यो ऋण प्रदान गर्दा संरक्षक वा अध्ययन गर्ने व्यक्ति स्वयम्को नियमित आन्दानी श्रोत अनिवार्य शर्त हुनेछ । यस कर्जामा १% व्यवस्थापन शुल्क लाग्ने छ ।

७. वैदेशिक रोजगार ऋण

नेपाल सरकारको श्रम स्विकृतीको आधारमा रोजगारीको लागि विदेश जाने सदस्य वा सदस्यका परिवारलाई रोजगारीमा जादा लाग्ने खर्च विविध कानुनी प्रक्रिया पुरा भई कागजात प्राप्त भएको आधारमा बुझाउनुपर्ने शुल्क वापत प्रदान गरिने रकम नै वैदेशिक रोजगार ऋण हो । । यस कर्जामा ०.५% देखि १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम २४ महिनाको हुनेछ ।

८. अल्पकालिन ऋण

छोटो समयमा आय आर्जन गर्ने उद्देश्यले लगानि गर्ने ऋणलाई अल्पकालिन ऋण भनिन्छ । यस कर्जामा ०.५% व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि ४ महिनाको हुनेछ ।

९. घर ऋण

निमार्ण सम्पन्न भई उपयोगी अवस्थामा रहेको घर खरिद, निर्माण तथा मर्मतको लागि घर ऋण प्रदान गरिन्छ । यो ऋण प्रवाह गर्दा अनिवार्य रुपमा स्थानिय तहवाट घरको नक्शा पास गरेको र निर्माण स्विकृती लिएको हुनुपर्ने छ । यस्तो ऋण प्रवाह गर्दा घर निमार्ण गर्न लाग्ने न्युनतम समयमवधि सम्म छुट अवधि प्रदान गरिने छ । छुट अवधि ६ महिना भन्दा लामो हुनेछैन । यस कर्जामा १% व्यवस्थापन शुल्क लाग्ने छ साथै कर्जा अवधि अधिकतम ६० महिनाको हुनेछ ।

१०. जग्गा तथा घडेरी खरिद ऋण

व्यक्तिगत आवास तथा उत्पादन प्रयोजनको लागी जग्गा तथा घडेरी खरिद गर्न प्रदान गरिने ऋण नै जग्गा तथा घडेरी खरिद ऋण हो । यो ऋण ऋणिको नाममा नभई अन्य पक्षमा स्वामित्तव प्राप्त हुनेभएमा यस्तो ऋण प्रदान गरिने छैन । यस कर्जामा ०.५% देखि १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम ६० महिनाको हुनेछ ।

११. निजि सवारी साधन खरिद ऋण

यो ऋण व्यक्तिगत सवारी साधन खरिदको लागि प्रदान गरिने ऋण हो । सवारी साधनको कुल लागतको बढिमा ७० प्रतिशत सम्म लगानि गरिन्छ साथै यस ऋणमा सुरक्षणको रुपमा संस्थाको नाममा सवारी साधन सहित अन्य स्थिर सम्पत्ती पनि राख्न सकिन्छ । सवारीसाधको बीमा, तेस्रोपक्ष बीमा, दुर्घटना बीमा, करचुक्ता लगायतका अन्य नियमित कानुनी दायित्व ऋणी स्वयमको हुनेछ । यस कर्जामा १% सम्म व्यवस्थापन शुल्क लाग्ने छ भने कर्जा अवधि अधिकतम ३६ महिनाको हुनेछ ।

१२ . सामाजिक ऋण

सदस्यहरुको घरायसी व्यवहारमा आइपर्ने आवस्यकता परिपुर्ति गर्न प्रदान गरिने ऋणलाई सामाजिक ऋण भनिन्छ । यस ऋणमा व्यवस्थापन शुल्क ०.५%देखि १% सम्म लाग्नेछ । यस ऋणको अधिकतम अवधि २४ महिना हुनेछ ।
१३ .आपतकालिन ऋण

सदस्य तथा सदस्यहरुको एकाघरको परिवार बिरामी, दैवी प्रकोप, दुर्घटना भई औषधी उपचार गर्नु पर्ने भएमा वा मृत्यु संस्कार प्रयोजनको लागि प्रदान गरिने ऋणलाई आपतकालिन ऋण भनिन्छ । यस ऋणमा व्यवस्थापन शुल्क ०.५%देखि १% सम्म लाग्नेछ । यस ऋणको अधिकतम अवधि २४ महिना हुनेछ ।

१४ . आवधिक वचत ऋण

सदस्यहरुले आवधिक वचतको रुपमा जम्मा गरेको रकमको जमानतको आधारमा रकम उपलब्ध गराउने उद्देश्यले लगानी गर्ने ऋण नै आवधिक वचत ऋण हो । ऋणको सिमा आवधिक वचतको ९० प्रतिशत सम्म हुनेछ । यस कर्जामा व्यवस्थापन शुल्क लाग्ने छैन भने अधिकतम कर्जा अवधि आवधिक वचतको अवधि सम्म हुनेछ । व्याजदर आवधिक वचत व्याजदर भन्दा २ ।५   प्रतिशत बढी हुनेछ ।