About Yugbani
१.भूमिका:
युगवाणी वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डौ जिल्लाको पश्चिम भेगमा रहेको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलको रुपमा रहेको साविक महादेवस्थान गाउँ विकाश समिति (हाल चन्द्रागिरि नगरपालिका)मा अबस्थित छ । यो संस्था २०६६ साल बैशाख ५ गते स्थानीय शिक्षक,किसान,व्यावसायी,वुद्धिजीवि तथा सामाजिक अगुवा समेत ५१ जना मिलेर स्थापना गर्ने निर्णय भए बमोजिम वि.स.२०६६ आषाढ ८ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा दर्ता भई वि.स.२०६६ श्रावण १० गतेबाट विधिवत सञ्चालनमा आएको छ । विश्वव्यापी रुपमा लोकप्रिय लघुवित्त कार्यक्रमको सहि परिचालन गर्दै संस्थाका सदस्यहरुको आर्थिक,सामाजिक तथा साँस्कृतिक स्तर अभिवृद्धि गर्ने उदेश्यबाट प्रेरित भई स्थापित यस संस्था स्थापना हुँदा वाडभन्जयाङ ,दहचोक ,थानकोट, महादेवस्थान र मातातिर्थ गा.वि.स कार्यक्षेत्र भएकोमा हाल यसको कार्यक्षेत्र चन्द्रागिरि नगरपालिका भरि रहेको छ ।
२.दुरदृष्टि
सुशासन,बित्तीय सक्षमतायुक्त,सवल,दीगो र उत्कृष्ट सहकारी संस्था ।
३.ध्येय वा गन्तव्य
सदस्यहरुको बित्तीय माग तथा सामाजिक विकासमा योगदान दिन सक्षम संस्था
४.लक्ष्य
क.सदस्य संख्या बार्षिक १५ प्रतिशत तथा हालको शेयरपूँजी तेब्बर पुराइनेछ ।
ख.सदस्य बचतलाई दुई गुणाले वृद्धि गर्नुका साथै कुल कारोवारमा २.५ गुणाले वृद्धि गरि कर्जामा सदस्यहरुको पहुँच दोब्बर रकमले वृद्धि गरिनेछ ।
ग. संस्थाका सञ्चालक लगायत पदाधिकारीहरु तथा सदस्यहरुलाई व्यवस्थापन एवं व्यावसायिक तालिम सहभागिता दर उच्चतम गरिनेछ । सदस्य शिक्षा तथा तालिमलाई ८० प्रतिशत सम्म पहुँच वृद्धि गरिनेछ ।


