Savings Service
क.बचत सेवा
वचत परिचालन संस्थाले सदस्यहरु मार्फत प्रति महिना मासिक (अनिवार्य )वचत ,ऐच्छिक र आवधिक वचत गरि १५ किसिमका वचत खाताहरु प्रतिस्पर्धी तथा आकर्षक ब्याजदरमा सञ्चालन गरि रहेको छ ।
वचतका प्रकारहरु
१. नियमित वचत
संस्थामा सदस्य भए देखि रहदा सम्म अनिवार्य मासिक रुपमा सदस्यले जम्मा गर्न कवोल गरेको वचत लाई नियमित वचत भनिन्छ। यस वचतमा मासिक न्युनतम रु २०० देखि रु १००००। सम्म वचत गर्न सकिन्छ । यस वचतमा अगिम्र ३ महिना सम्मको र एकमुष्ठ रु ५०,०००। सम्म वचत गर्न सकिनेछ । सदस्यले नियमित कबोल गरेको आधारमा एक आर्थिक वर्षभरि वचत दर घटाउन पाईने छैन । नियमित वचत जम्मा गर्न सुरु गरेको ३ बर्ष पछि मात्र ७५ प्रतिशत वचत रकम झिक्न पाईने छ।
२.साधारण वचत
संस्थाका सदस्यहरुले आफुसँग भएको रकम आप्mनो ईच्छा अनुशार राख्न झिक्न पाउने सुविधा भएको बचतलाई साधारण बचत भनिन्छ । यस वतच खातामा न्यूनतम मौजदात रु १००। रहने छ ।
३. दैनिक वचत
दैनिक आम्दानी गर्ने सदस्यहरुको वचत सुविधाका लागी संस्थाका सदस्यहरुले दैनिक रुपमा संस्थामा आई वचत गर्ने वा संस्थाका कर्मचारीहरु दैनिक रुपमा सदस्यहरुको घर पसलमा गई संकलन गरिने वचतलाई दैनिक वचत भनिन्छ । यस वचत खातामा न्यूनतम मौजदात रु १०००। रहने छ । विशेष गरि व्यापार व्यवसाय संञ्चालन गरि वस्नुभएका सदस्यहरुलाई लक्षित गरि यो वतच खाता निर्माण गरिएको छ ।
४. बाल वचत
सस्थामा सदस्य रहेका सदस्यले संरक्षित गर्नुपर्ने नावालिक बालबालिकाहरुको मासिक वा ऐच्छिक रुपमा रकम वचत गर्न सकिने वचत खाता नै बाल वचत खाता हो । यस वचत खातामा न्यूनतम मौजदात रु १०००। रहने छ । यस बचत खाता संचालन तोकिएको संरक्षक वाट मात्र हुनेछ । एक पटक वाल वचत खाताबाट रकम भुक्तानी लिए पछि दुई महिना पुरा नभई पून वचत भूक्तानी दिइने छैन ।
५. नारी वचत
संस्थाका महिला सदस्यहरुले संस्थामा ऐच्छिक रुपमा जम्मा गर्ने वचतलाई नारी वचत भनिन्छ । यस वचत खातामा न्यूनतम मौजदात रु ५००। रहने छ ।




६. कर्मचारी वचत
सरकारी अर्ध, सरकारी तथा अन्य संगठित संस्थामा कार्यरत कर्मचारी सदस्यहरुले आफुसँग भएको रकम आफ्नो ईच्छा अनुशार राख्न झिक्न पाउने वचत खातालाई कर्मचारी वचत खाता भनिन्छ । यस वचत खातामा न्यूनतम मौजदात रु ५००। रहने छ ।
७. सुनिश्चित भविष्य बाल वचत
सदस्यका नावालिक बालबालिकाहरुले मासिक वा ऐच्छिक रुपमा जम्मा गर्ने वचतलाई सुनिश्चित भविष्य बाल वचत भनिन्छ । यस वचत खातामा न्यूनतम मौजदात रु १०००। रहने छ । यो वचत खातामा जम्मा भएको वचत रकम नाबालक १६ वर्ष पुरा भएपछि मात्र निकाल्न मिल्ने छ ।
८. जेष्ठ सदस्य वचत
संस्थामा रहनुभएका सदस्यहरु मध्ये ६५ वर्ष उमेर पुग्नु भएका सदस्यहरुवाट ऐच्छिक रुपमा जम्मा गरिने वचत लाई जेष्ठ सदस्य वचत भनिन्छ । यस वचत खातामा न्यूनतम मौजदात रु ५००। रहने छ ।
९. शिक्षा वचत
सदस्यहरुको आफ्नो वा आफ्ना सन्ततीहरुको उच्च शिक्षाको लागि आवश्यक पर्ने रकमलाई लक्षित गरि निश्चित अवधि सम्म वचत रकम नझिग्ने गरि जम्मा गरिने वचतलाई शिक्षा वचत भनिन्छ । यस वचत खातामा न्यूनतम मौजदात रु ५००। रहने छ ।
१०. बीमा वचत
सदस्यहरुलाई जीवन बीमा योजनामा सहभागी गराउने उद्देश्य सहित बीमा प्रिमियम भुक्तानी प्रयोजनको लागि गरिने वचत लाई बीमा वचत भनिन्छ । यस वचत खातामा न्यूनतम रु ५००। देखि प्रिमियमको आवश्यकता सम्मको रकम जम्मा गर्न सकिने छ । यस वचत खातामा न्यूनतम मौजदात रु १००। रहने छ ।
११. विप्रेषण वचत
वैदेशिक रोजगारीमा जाने सदस्य वा निजका आश्रित परिवारका सदस्यहरुले वैदेशिक रोजगारीवाट प्राप्त रकम वचत गर्न सकिने वचतलाई विप्रेषण वचत भनिन्छ । यस वचत खातामा न्यूनतम रु ५००। देखि बढीमा जतिसुकै सम्मको रकम जम्मा गर्न सकिने छ । यस वचत खातामा न्यूनतम मौजदात रु १००। रहने छ ।
१२. हितकोष वचत
संस्थाम कार्यरत कर्मचारीहरुको संचयकोष वा हितकोष वचत प्रयोजनको लागि रहने वचत खाता नै हितकोष वचत हो ।
१३. अक्षय कोष वचत
कुनै पनि सामाजिक कार्य गर्ने उद्देश्य लिएका संगठित संघ संस्था, विद्यालय, गुठी,समुह आदिले सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्य सहित रकम व्यवस्थापन गर्ने प्रयोजन सहित गर्ने वचतलाई अक्षय कोष वचत भनिन्छ । यस वचत खातामा न्यूनतम रु २००००। देखि वचत गर्न सकिने छ ।
१४. विशेष वचत
संस्थाको आवश्यकता वा विशेष प्रयोजनको लागि गरिने वचत लाई विशेष वचत भनिन्छ । यस वचतमा वचत जम्मा विधि, ब्याज झुक्तानी विधि र व्याजदर आपसी सम्झौता अनुसार हुनेछ ।
१५. आवधिक वचत
संस्थाका सदस्यहरुले निश्चित अवधि सम्मको लागि सम्झौता गरि न्युनतम रु ५०००० । जम्मा गर्न सकिने गरि खोलिएको वचत लाई आवधिक वचत भनिन्छ । यस वचतको अवधि न्युनतम ३ महिना देखि अधिकतम ३ वर्ष सम्म हुनेछ । वचत अवधि अनुसार व्याजदर फरक हुनेछ ।
१६. युगवाणी विशेष आवधिक वचत
संस्थाका सदस्यहरुले मासिक व्याज भुक्तानी प्राप्त गर्ने गरि गरिएको वचत नै युगवाणी विशेष आवधिक वचत हो । यस खातामा न्युनतम वचत रकम रु २०००००। र अवधि ३ वर्षको हुने छ ।




